FAQs Complain Problems

मटिहानी नगरपालिकाका श्री राम मा.वि. मटिहानीद्वारा विधार्थी भर्ना अभियान २०७६ सम्पन्न ।

महोत्तरी बैशाख १६ गते।

विधार्थी भर्ना अभियान २०७६ अन्तर्गत आज महाेत्तरी जिल्लाको श्री राम मा.वि मटिहानीले एक जुलुसको आयाेजना गर्याे ।राम मा.वि. परिसरबाट वाजागाजाका साथ भर्ना अभियान सम्बन्धी जनचेतनामुलक प्लेकार्ड सहित निस्केको साे जुलुसले मटिहानीकाे विभिन्न भागको परिक्रमा गरेको थियाे ।जुलुसमा मटिहानी नगरपालिका प्रमुख एवं विधालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद मण्डल, मटिहानी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश प्रसाद ,विधालय व्यवस्थापन समितीका सदस्यहरू वैधनाथ मण्डल,अरूण नाहर,निर्मला देवी,महाेत्तरी उधोग वाणिज्य संघका अध्यक्ष माेहन प्रसाद गुप्ता,पुर्व अध्यक्ष विजय साह सहित रामनैतिक दलहरूको सहभागी रहेका थिए ।वि.स. २००९ सालमा स्थापना भएका सो विधालयमा हाल १६०० विधार्थी रहेका छन् ।विधालयमा इ-लाइब्रेरी,क्मप्यूटर ल्याब,स्मार्ट कक्षा लगायतका सुविधाहरू रहेका छन् ।विधालय महोत्तरीकै नमुना विधालय रहेको छ ।