FAQs Complain Problems

मटिहानी नगरपालिकाको  वडा नं. ८ मा सार्वजानिक शौचालय निर्माण ।

सार्वजानिक शौचालय निर्माण
           महोत्तरी फाल्गुन ८ गते।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको  वडा नं. ८ मटिहानी बजार क्षेत्रमा सार्वजनिक सुलभ शौचालयको निर्माण कार्य सम्पन्न भएको छ। जनतालाई सुलभ रुपमा शौचालयमा दिशापिसाब गर्नै उद्देश्यले सो शौचालयको निर्माण गरिएको कुरा जनाईएको छ।
मटिहानी नगरपालिकाको करीब २५ लाखको लागतमा नवनिर्मित कम्पाउन्ड सहितको सो शौचालय महिला र पुरुष गरी दुई कोठे आधुनिक किसिमको रहेको कुरा मटिहानी नगरपालिकाले जनाएको छ।
यसैबीच नवनिर्मित सो सुलभ शौचालयको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेश प्रसाद सिंह र मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलले संयुक्त रूपमा आज समुद्घाटन गर्नुभयो। सो अवसरमा प्रमुख सिंहले सुलभ शौचालयले स्वच्छता अभियानमा सहयोग पुग्ने भन्नुभयो।
मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व गाविस अध्यक्ष राम कुमार मंडल, नेपाली काँग्रेसका प्रतिनिधि बैजनाथ मंडल, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय साह, मटिहानी नगरपालिका वडा नं. २ का अध्यक्ष शिवचन्द्र झा,६ का अध्यक्ष नुर मोहम्मद राईन,७ का अध्यक्ष जितनारायण माझी  र ८ का  वडा अध्यक्ष तथा मटिहानी नगरपालिकाका प्रवक्ता गणेश प्रसाद, मटिहानी नगरपालिकाका योजना प्रमुख राजेश शर्मा लगायतका वक्ताहरूले सुलभ शौचालय वारे प्रकाश पर्नुभयो।